एकल आमाको कथामा आधारित नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहीबारदेखि मञ्चन हुँदै
पाेखरा | पुस २२, २०८२
पोखरा: पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ ।
गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ गतेसम्म ‘मृत्यु यस्तो हुनु हुँदैन’ नाटक मञ्चन हुने पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
नाटकका लेखक सावित्रा पाठक (सबु) ले पोखरामा एउटी एकल आमाको घरको कथाको रुपमा यस नाटकलाई मञ्चन गर्न लागेको बताईन् ।
‘मृत्यु यस्तो हुनु हुँदैन’, यो नाटक पोखराको एउटी एकल आमाको घर कथाको रुपमा मञ्चन गर्दै छौं, आफ्नो छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा लागेर समाजमा कस्तो घटना निम्त्याउन सक्छन् भन्ने विषयलाई केन्द्रित गरेका छौं । नाटकका लेखक तथा निर्देशक सबुले भनिन् ।

यस नाटकमा विशेष गरी युवा पुस्ता र उनीहरुका अभिभावकलाई केन्द्रित गरिएको निर्देशक पञ्चसुब्बा गुरुङले बताए । बिहिबारदेखि मञ्चन हुने नाटक हरेक दिन ५ बजे र शनिबार १ र ५ बजे मञ्चन हुने निर्देशक गुरुङले बताए ।
यस नाटकलाई पञ्च सुब्बा गुरुङ र सावित्रा पाठक (सबुु)ले निर्देशन गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

